
कामना सेवा बैंकले संस्थापक सेयरको बिक्री खुलायो



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थाप सेयरको बिक्री खुलाएको छ । सोही बैंकले १३ हजार ५०० कित्ता संस्थाक सेयरको बिक्री खुलाएको हो ।
यता, बैंकले ५ हजार कित्ता बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र र ८ हजार ५०० कित्ता सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको अवस्था छ। उक्त सेयर खरीद गर्न इच्छुकले आफूले किन्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । सर्वसाधारणले ७ दिन भित्र र संस्थापक सेयधरनीले ३५ दिन भित्र निवेदन दिइसक्नु पर्ने बैंकले जानकारी दिएको हो ।

