

नेपाल उद्योग परिसंघले म्यानमारका भूकम्प प्रभावितलाई दियो राहत




काठमाडौं । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरेको छ। उक्त पिडीतहरुलाई परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई प्रदान गरेको हो।
त्यस्तै, परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई ती राहत सामाग्री हस्तान्तरण गरेका हुन् । परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।
सोही अवसरमा परराष्ट्र सचिव अमृत बहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, परिसंघका महानिर्देशक डा। घनश्याम ओझा लगायत सहभागि भएका थिए ।