

९ अंकले बजार बढ्दा कारोबार रकम पाँच अर्बमुनि खुम्चियो




काठमाडौं । बुधबार धितोपत्र मापक नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेको छ । यसदिन बजार ९ अंकले बढेर २६८०.५२ बिन्दुमा बन्द भएको छ ।
सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स, सेन्सेटिभ फ्लोट इन्डेक्ससहित १३ वटै उपसमूहमा हरियाली छाएको छ । यीमध्ये होटल तथा टुरिजम समूह २.६५ प्रतिशतले बढेको छ ।
आज नेप्सेमा कुल ३१७ कम्पनीको १ करोड ७३ हजार सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजारभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन पाँच अर्ब २८ हजारभन्दा बढीको कारोबार भएको थियो ।
आज कुल ३१७ कम्पनीको सेयर कारोबार हुँदा १५४ कम्पनीका लगानीकर्ताले नाफा कमाए भने ९० कम्पनीका लगानीले घाटा खाए । एउटा कम्पनीको मूल्य तटस्थ रह्यो ।
कारोबारमा आएको दोस्रो दिन आज पनिनेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेर ३६५ रुपैयाँ पुगेको छ । त्यस्तै, बोटलर्स नेपाल बालाजु, सोल्टी होटल, ङादी पावरलगायतका कम्पनीको मूल्य बढेको छ । सिन्धु विकास बैंकका लगानीकर्ताले ७.४७ प्रतिशत घाटा बेहोरेका छन् ।
कारोबारका आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४२ करोड ७५ लाख ६८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।