
दुई हजार रुपैयाँले बढ्यो सुन, प्रतितोला एक लाख ७५ हजारभन्दा बढी



काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई हजार रुपैयाँले बढेको छ ।
यसदिन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ८३५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

