

सूर्यज्योती लाईफको ‘डिजिटल कार्ड’ सेवा बजारमा, ई–कर्जाको पनि शुभारम्भ




काठमाडौं। सूर्यज्योती लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योती केयर्स डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ भएको छ । कम्पनीले बीमा क्षेत्रमै पहिलो सेवा ‘सूर्यज्योती केयर्स डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ गरेको जनाएको हो।
यता, हिजो साँझ सोमबार ललितपुरको होटल हिमालयनमा आयोजित विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका हुन्।
त्यस्तै, सूर्यज्योती लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ खत्रीले बीमित र बीमा अभिकर्ताहरूका लागि यो सेवा शुभारम्भ गरेको बताए। कम्पनीका अनुसार बीमित र अभिकर्ताहरूले रेष्टुरेन्ट, अस्पताल, जिम सेन्टर, पार्लर, लगायत विभिन्न ४२ वटा निकायमा सेवा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार बीमित र अभिकर्ताहरूले रेष्टुरेन्ट, अस्पताल, जिम सेन्टर, पार्लर, लगायत विभिन्न ४२ वटा निकायमा सेवा प्राप्त गर्न सक्नेछन्। साथै, सीईओ खत्रीले बीमा क्षेत्रलाई सर्वसुलभ, प्रभावकारी र डिजिटल बनाउने उद्देश्यले यस्ता नवप्रवर्तन अघि ल्याइएको बताए।
साथै, कम्पनीले ल्याएको ‘इ–कर्जा’ सेवाबाट बीमितहरुले सहज ढंगबाटै कर्जा माग गर्न सक्ने उनले बताए । बीमितहरुले अब अनलाइनमार्फत नै रु ५० हजार अर्थात् पोलिसी रकमको ९० प्रतिशत सम्म कर्जा लिन सकिने कम्पनीले जनाएको छ ।