

धितोपत्र बोर्डले ट्रेड टावरलाई दियो आईपीओ ल्याउने अनुमति




काठमाडौं । नेपाल धितोपत्र बोर्डले ट्रेड टावर लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई चैत्र २५ गते अर्थात आज आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो।
कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता आईपीओ निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ४८।६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको अवस्था छ।
उक्त कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको जनाइएको हो ।