

भोलिदेखि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर दोस्रो बजारमा आउँने




काठमाडौं । लघु निर्जीवन बीमक मध्ये आफ्नो छुट्टै छवि र पहिचान स्थापना गर्न सफल कम्पनी नेपाल माइक्रो इन्स्योरेन्सको सेयर दोस्रो बजारमा पहिलो कारोबार भोलिबाट मात्रै हुने भएको छ । छोटो समयमा नै वित्तीय सूचांक अब्बल बनाएको कम्पनीको आज हुनुपर्ने कारोबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको कारोबार म्याचिङ्ग नभएका कारण पहिलो कारोबार भोलिदेखि मात्रै हुने अवस्थामा पुगेको हो ।
यता, कम्पनीको सेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको बेलामा सोही अनुसार आज कारोबार हुनुपर्ने प्रावधान रहेको देखिन्छ। अब कम्पनीको पहिलो कारोबार भोली अर्थात मंगलबारको स्पेशल प्रि ओपन सेसनमा हुने पक्का भएको अवस्था छ ।
साथै, नेपाल माइक्रो इन्स्योरेन्स ले सर्वासाधारण सेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको जानकारी दिएको हो ।