

२७०० बिन्दुमा पुग्यो नेप्से, ५ अर्ब ४४ करोडको कारोबार




काठमाडौं । बुधबार धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ सय बिन्दुमाथि पुगेको छ । यसदिन बजार २३.८६ अकंले बढेर २७०० बिन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।
आज १६६ कम्पनीको मूल्य बढेको छ भने ७८ वटाको घटेको छ ।
मंगलबारको तुलनामा कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजारभन्दा बढीको कारोबार भएकामा आज ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजारभन्दा बढीको कारोबार भएको छ ।
आज सेन्ट्रल फाइनान्स र विशाल बजार कम्पनीको मूल्यमा सकारात्मक सकिर्ट लागेको छ । सेन्ट्रल फाइनान्स ५५ रुपैयाँ बढेको छ भने विशाल बजारको मूल्य ५८० रुपैयाँले बढेको छ ।
साथै बोटलर्स नेपाल (बालाजु) को मूल्यमा नकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता १९५३ रुपैयाँ गुमाएका छन् ।
नेप्सेका अनुसार आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादन १.४७ र निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका कम्पनीमध्ये बुधबार सिइडिबी होल्डिंग्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३६ करोड ५५ लाख ५२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।