

१०० प्रतिशत हकप्रद शेयर जारी गर्ने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको निर्णय




काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर पनि जारी गर्ने भएको छ ।
हकप्रद जारी गर्ने निर्णय चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो ।
बैठकमा १ः१ अनुपात अर्थात् १०० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने निर्णय गरिने निर्णय भएको हो ।
बैठकले उक्त निर्णय पारित गर्न कम्पनीले वैशाख ५ गते विशेष साधारणसभा बोलाउने घोषणा गरेको छ ।
साधारणसभा बस्नका लागि चैत २८ गते एक दिन बुक क्लोज हुने भएको छ ।