

तीनकुने घटनाका आरोपितलाई आगामी मंगलबारसम्म थुनेर अनुसन्धान गरिने




काठमाडौं । आइतबार साँझ जिल्ला अदालत काठमाडौंले तीनदिन अघि घटेको तीनकुनेको हुलदंगामा संलग्न ४२ जनालाई नै केही दिन हिरासतमा राख्ने भएको छ । उनीहरुलई आगामी मंगलबारसम्म नियन्त्रणमा राखेर प्रहरीले आवश्यक अनुसन्धान गर्ने भएको हो।
सो विषयमा न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त तीनकुने संलग्न भएको हुनसक्ने आरोपमा पक्राउमा परेका सबैलाई आउँने मंगलबारसम्म थुनामा राखेर आवश्यक अनुसन्धान अघि बढाउन अनुमति दिएको अवस्था छ।