

निडर रुपमा बेथिती बाहिर ल्याउँनु होला : लुम्बिनी प्रदेश कार्यालय प्रमुख थापा




काठमाडौं । नेपाल बीमा प्राधिकरण अन्तर्गतको लुम्बिनी प्रदेश कार्यालय (बुटवल) का प्रमुख पुर्ण थापाले बीमा दर्पण डटकमलाई बेथिती बाहिर ल्याउँन सक्षम बन्न शुभकामना दिएका छन् । उनले अधिकांश अवस्थामा अनैतिक र बेथितीका सूचनाहरु बाहिर ल्याउँने पत्रिकाहरुको खाँचो महशुस भएको सुनाएका हुन् ।
लुम्बिनी प्रदेश कार्यालयका इन्चार्ज समेत रहेका थापाले बीमा दर्पण डटकमसँग भने,‘सबैभन्दा पहिला तपाईहरुले ल्याउँनु भएको नयाँ संचार माध्यमलाई बधाई तथा शुभकामना छ । मुख्य कुरा भनेको बीमामा धेरै कुराहरु प्राविधिक हुन्छन् । त्यस्ता प्राविधिक विषयहरु बुझाउँने किसिमका समाचारहरु आजको आवश्यकता हो । प्राविधिक शब्दहरुलाई समेटने किसिमका लेख, रचनाहरुको सदैव खाँचो नै छ । अर्को कुरा भनेको बेथिती र अनैतिक कामहरुलाई तपाईको संचार माध्यममा ल्याउँने प्रयास गर्नु होला । त्यस्ता समाचारहरु आम मानिसहरुले बुझ्ने गरि सरल भाषामा, आफ्नो दक्षता प्रयोग गरेर प्रसारण गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस्तै बीमा क्षेत्रमा अहिले अन्य पत्रिकाहरु पनि हुनुहुन्छ । तपाईहरुले आफूले लेख्ने गरेका सूचनाहरु जनतामा पुग्ने गरि अरुभन्दा फरक किसिमको संजाल निर्माण गरेर, बीमाका बेसंगतिका कुराहरु नडराईकन, निर्धक्कसँग प्रकाशन गर्नु हुनेछ । त्यसका लागि मेरो व्यक्तीगत तर्फबाट पनि साथ, भरोसा, शुभकामना सबै छ, सधैं छ ।’
उनले थपे,‘मुख्यतय बीमालाई नै तपाईले छान्नु भएको छ । यहाँले पत्रकारिता क्षेत्र रोजेर, यत्रो वर्ष यही आर्थिक र बीमा क्षेत्रमा काम गर्नु भयो । तपाईको आफ्नो दक्षता प्रयोग गर्नलाई तपाईले रोज्नु भएको प्ल्याटफर्म पनि राम्रो ठाउँ छ । अब बीमामा के छ भने बीमाका समाचारहरु निकै सतही रुपमा आउने गरेका हामीले पाउँछौ । म त भन्छु तपाईले (इस्यू) विषयहरुलाई लुकाएर होइन त्यसलाई (ओपन) उजागर गरेर जानु भयो भने तपाईहरु लोकप्रिय नहुने चान्स नै छैन । त्यस्तै, अर्को कुरा भनेको बीमाका कुरा साधारण जनताले बुझ्ने हिसाबले समाचार ल्याउँनु होला । तपाईको अनलाईन मिडीया फलोस्, फुलोस्, उन्नती प्रगति धेरै गरोस् । तपाईलाई अग्रिम शुभकामना । बधाई पनि छदैछ । तपाईको समाचारका लागि र आगामी दिनमा आवश्यक सहकार्यका लागि पनि स्वागत छ ।’