

आज यी लघुवित्तका लगानीकर्ता भए मालामाल, कसले कति कमाए ?




काठमाडौं । बिहीबार पनि बजारमा हरियाली छाएको छ । यसदिन बजार ४१.४३ अंकले बढेर २६६३.६३ बिन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा बजार १.५८ प्रतिशतले बढेको हो ।
आज ६ वटा लघुवित्तका लगानीकर्ताले नाफामा कमाएका छन् । गुराँस लघुवित्त र सिर्जनशिल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सपोर्ट माइक्रो फाइनान्सको ८.५३ प्रतिशत, अभियान लघुवित्तको ७.६६ प्रतिशत, मानुषी लघुवित्तको ७.२८ प्रतिशत र विन विकास लघुवित्तको ७.१ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार ३०४ रुपैयाँबराबराबरको कारोबार भएको छ ।
यसदिन २२७ कम्पनीको मूल्य बढेको छ भने १६ वटा कम्पनीको घटेको छ ।