

लय समात्दै बजार, ४१ अंकले बढ्दा ५ अर्बको कारोबार




काठमाडौं । बिहीबार पनि नेप्से परिसूचक बढेसँगै बजार लय समात्न थालेको छ । साताको पाँचौ कारोबार दिनमा बजार ४१.४३ अंकले बढेर २६६३.३० बिन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा बजार १.५८ प्रतिशतले बढेको हो ।
आज ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार ३०४ रुपैयाँबराबराबरको कारोबार भएको छ । बुधबार भने ४ अर्ब १० करोडभन्दा बढीको कारोबार भएको थियो ।
यसदिन २२७ कम्पनीको मूल्य बढेको छ भने १६ वटा कम्पनीको घटेको छ । त्यस्तै गुराँस लघुवित्त र सिर्जनशील लघुवित्तमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको मूल्य क्रमशः २६८ र २०० रुपैयाँले बढेर क्रमशः २९५१ र २२१२ रुपैयाँ पुगेको छ ।
त्यसैगरी सपोर्ट मात्रक्रोफाइनान्सको मूल्य ८.५३, अभियान लघुवित्तको ७.६६ र मानुषी लघुवित्तको ७.२८ प्रतिशतले बढेको छ ।
यता कुमाराी सबल योजनाका लगानीकर्ताले १.८२ प्रतिशत गुमाएका छन् ।
नेप्सेका अनुसार आज कारोबारमा आएका १३ वटै उपसमूह बढेका छन् । जसमा सबैभन्दा बढी उत्पादन समूह २.२२ प्रतिशतले बढेको छ भने कम बढ्नेमा म्युचुअल फण्ड रहेको छ । यो समूह ०.३७ प्रतिशतले बढेको छ ।
केही दिनयता हिमालय रिको शेयर कारोबार हुँदै आइरहेको छ, जुन आज पनि जारी रह्यो । यसदिन कम्पनीको ५१ करोड १८ ला १७ हजारभन्दा बढीको कारोबार भएको छ ।