

नेको इन्स्योरेन्सको हकप्रद आजसम्म मात्रै भर्न पाइने




काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि खुला गरेको ५० प्रतिशत हकप्रद शेयरमा आजसम्म मात्रै आवेदन दिन पाइने भएको छ ।
कम्पनीले ४ः१ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको छ । माघ १७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ र हकप्रद बाँडफाँटपछि चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।