

४०.४७ अंकले बढ्यो बजार, कारोबार रकममा भने गिरावट




काठमाडौं । धितोपत्र मापक दोस्रो बजार नेप्से ४०.४७ अंकले बढेको छ । साताको चौथो कारोबार दिन बुधबार शेयर बजार ४०.४७ अंकले बढेर २६२३.२१ बिन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
आज २३१ कम्पनीको मूल्य बढेको छ भने १२ वटाको घटेको छ ।
३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८९४ रुपैयाँबराबराबरको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ५ करोड २५ लाख ३९ हजार ६८१.९७ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज १३ वटै उपसमूह बढेका छन् । जसमा सबैभन्दा बढी अन्य समूह २.२८ प्रतिशतले बढेको छ भने सबभन्दा कम म्युचुअल फन्ड ०.९७ प्रतिशतले बढेको छ ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले सर्वाधिक ५.७४ प्रतिशत नाफा कमाउँदा उपकार लुघवित्तका लगानीकर्ताले ७.२७ प्रतिशत घाटा बेहोरे ।
अघिल्ला दिनझैं बुधबार पनि हिमालयन रिको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ४१ करोड ८६ लाख ७८ हजार १४८.७० रुपैयाँबराबरको किनबेच भएको छ ।