

शेयर बजारमा उच्च अंकको गिरावट, सबै समूह राताम्मे




काठमाडौं । साताको तेस्रो कारोबार दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से)का अनुसार यसदिन बजार ५५.९० अंक अर्थात् २.११ प्रतिशतले घटेर २५८४ बिन्दुमा बन्द भएको छ ।
आज ४ कम्पनीको मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ ।
यसदिन ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७०८ रुपैयाँबराबराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज एनसिसी डिबेन्चरका लगानीकर्ताले सर्वाधिक ४.५२ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै घाटा बेहोर्नेमा नारायणी डेभलपमेन्टका लगानीकर्ता रहेका छन् । उनीहरुले ८.७३ प्रतिशत घाटा बेहोरे ।
यसदिन पनि हिमालयन रिको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको २३ करोड २० लाख ७ हजार १६५ रुपैयाँबराबरको किनबेच भएको हो ।