
गभर्नर बन्ने आशमा, बैंकको सीईओबाट बाहिरीने तयारीमा ढुंगाना



काठमाडौं । बैंक वित्तीय क्षेत्रमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को छुट्टै चार्म छ । त्यस्तो हुनुको पछाडी एक त जो कोही सीईओ बन्न मुस्किल नै हुने अवस्थाले गर्दा हुनसक्छ भने अर्कातर्फ सीईओको कार्यक्षमता, उसले पाउँने सेवा सुविधा लगाएका विविध विषय वस्तुहरु हुन् सक्छन् ।
तर, एक नाम चलेकै बैंकबाट सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन् । उनले बैंकको सञ्चालक समिति समक्ष राजीनामा बुझाएको खबर बाहिरीएको छ ।
कतिपय अवस्थामा एउटै व्यक्तीले बैंकको प्रमुख चलाउँने र फेरी नियामकको बाघडोर सम्हालन तम्तयार हुनुले पनि (कन्फिक्ट अफ इन्ट्रेट) कम्पनी र नियामकको लुप होल बुझ्दा निम्तिने खतरा हावी होला कि नहोला ? भन्ने देखिन्छ । यद्यपी नेपाली बैंक वित्तीय संस्थाहरुमा यस्तो सट्टा पट्टा कुनै नौलो कुरा होइन । बीमा क्षेत्र होस् कि बैंक वित्तीय संस्था नियामकबाट सीईओ बन्ने र सीईओबाट नियामकबाट छिर्न दाउँ छोप्ने अनेकौ घटनाहरुको बिच अहिले नयाँ खबर फैलिएको छ ।
एक नाम चलेको बैंकबाट बाहिरीएर भए पनि सीईओ ढुंगाना राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा सिधै होमिएका छन् । यता कतिय बैंकहरुले भने प्रचारमा एकथरी आउँने र गर्भनरमा नयाँ व्यक्ती इन्ट्री हुने हो कि भन्ने आशंकका गरि रहेको बेलामा ढुंगानाले आगामी दिनमा नेत्तृत्व लिन सक्षम भएरै मैदानमा होमिएको बुझिएको छ ।
यससँगै अन्य कतिपय सीईओहरुले नै गर्भनर पद ताकेर बसेको प्रत्यक्ष-अप्रत्यक्ष रुपमा बुझिएको छ ।

