

नेप्से परिसूचक २६ अंकले बढ्यो




काठमाडौं । सोमबार नेप्से परिसूचक बढ्न पुगेको छ। परिसूचक २६ दशमलव १० अंकले बढेरको हो ।
यता, आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६४० दशमलव ७८ विन्दुमा पुगेको बेलामा कारोबार भएका कम्पनीमध्ये २१० वटा कम्पनीको सेयर मूल्य बढ्न पुग्यो । त्यस्तै, ३३ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
साथै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७६ अंकले बढेर ४४४ दशमलव ०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
सोही परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको देखिन्छ । अघिल्लो दिन ६ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज साढे ४ अर्बभन्दा कमको कारोबार भएको छ भने ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर ५८ हजार २३५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार ४ रुपैयाँ बराबरको कारोबार भएको परिसूचकमा देख्न सकिन्छ ।