

बीमा प्राधिकरणको कर्मचारी युनियनको अध्यक्ष बने प्रेमहरि पोखरेल




काठमाडौं । शुक्रबार, नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको अध्यक्ष बन्न प्रेमहरि पोखरेल सफल भएका छन्। उनलाई चुनियसँगै पोखरेलको अध्यक्षमा कर्मचारी युनियनको नयाँ कार्यसमिति चयन भएको जनाइएको हो ।
यता, युनियनको उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् भने महासचिवमा शिव प्रसाद खनाल चयन भएका हुन् ।
सोही कार्य समितिमा कोषाध्यक्षमा खेमराज भण्डारी, सचिवमा श्यामसुन्दर नगरकोटी तथा सदस्यहरूमा अनिश तिमिल्सिना, विशाल त्रिताल, करुणा थापा, सानुकाजी कुँवर र मेलिना खरेल चयन भएको जनाइएको छ।