

नेको इन्सुरेन्सद्धारा एक दिवसिय फुटसल आयोजना हुँदै, बैंक-वित्तीय क्षेत्रको भव्य सहभागीता हुने




काठमाडौं । देशको बीमा क्षेत्रमा बिगत २९ बर्षदेखि निरन्तर बीमा सेवा प्रदान गर्दै आईरहेको नेको इन्सुरेन्स लिमिटेडले आफ्नो सेवा प्रवाहमा क्षेत्रहरुमा बृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानि, रोजगारीको अवसर नेपाल सरकारलाई कर भुक्तानी लगायतका सुचांकहरुमा उल्लेखनीय भुमिका निभाउदै आएको छ ।
ब्यवसायको साथसाथै समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको यस कम्पनीले खेलकुद जगतमा समेत बिशेष चासोका साथ बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुसंग मैत्रीपुर्ण तथा आपसी सहकार्य समेत गर्दै बिगतका बर्षहरुमा झैं यस बर्ष पनि मिति २०८१।१२।०९ गतेशनिवारको दिन १६ टिम सहभागी एक दिवसिय फुटसल, धन्यन्तरी फुटसल ल्कब धुम्बराही काठमाण्डौमा, आयोजना गर्न गइरहेको छ ।
जस क्रममा मिति २०८१।१२।०७ गतेका दिन सम्पुर्णखेलाडि तथा प्रतिनिधिहरुको उपस्थितीमा एन्फा सम्बद्ध अफिसिएल्स समेत सहभागि भई यसै कम्पनीको केन्द्रिय कार्यालय ज्ञनेश्वर काठमाण्डौमा यस कम्पनीका कार्यकरी प्रमुख आशोक कुमार खड्काको उपस्थितीमा टाइसीट ड्र कार्यक्रम सम्पन्न गरेको छ ।