

सेयर बजारमा १२ अंकको गिरावट




काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घट्न पुगेको छ । यसअघि लगातार रूपमा घटेको बजार आज १२ दशमलव ३८ अंकले घटेर कारोबार बन्द भएको हो ।
सातामा कारोबारको अन्तिम दिन नेप्से परिसूचक २६६९ दशमलव ७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९७ अंकले घटेर ४४७ दशमलव ९४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
त्यस्तै, परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको बेलामा अघिल्लो दिन भने ५ अर्ब १४ करोड माथिको कारोबार भएको बजारमा आज साढे ४ अर्बभन्दा माथिको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ५५ हजार ४७६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको हो ।