

प्रि ओपन सेसनमा नेप्से परिसूचकमा गिरावट




काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव १८ अंकले घटेर कारोबार भएको हो ।
सो सेसन पछि नेप्से परिसूचक २६७९ दशमलव ९६ विन्दुमा पुगेको छ । त्यस्तै यो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव १३ अंकले बढेर ४५० दशमलव ०५ विन्दुमा पुगेको हो । आजको उक्त सेसनमा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको देखिन्छ।
आजको प्रि ओपन सेसनमा ४५ कम्पनीका ५ हजार ७४३ कित्ता सेयर ६३ पटक खरिद बिक्री हुँदा ३७ लाख २१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको हो ।