

दाबी भुक्तानीमा दक्षता प्रदर्शन गर्दै सलिको इन्स्योरेन्स, पाँचथर पावर कम्पनी लिमिटेडलाई दियो ४२.५० करोड रुपैयाँ




काठमाडौं । पछिल्लो समय सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको मर्जरबाट स्थापित (सलिको) इन्स्योरेन्सले बीमितिको दाबी भुक्तानी बापतको रकम भुक्तानीमा सक्रियता देखाएको छ । कम्पनीले पाँचथर पावर कम्पनी लिमिटेडलाई ४२.५० करोड रुपैयाँ प्रदान गरेको हो ।
सलिकोका तर्फबाट सीईओ चंकी क्षेत्रीले सो रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
साथै, यसबाट नेपालमा अधिकांश आयोजनाहरुमा विभिन्न किसिमका जोखिमहरु कायम रहिरहेको बेलामा कम्पनीले भुक्तानी दिँदै विकास निर्माणका काममा उद्योगी, व्यावसायीहरुको आत्मबल केही हदसम्म भए पनि बलियो बनाउँन भुमिका खेलेको अुनमान गर्न सकिन्छ ।