

ओम मेगाश्रीको आईपीओमा २ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन




काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा २ अर्ब रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँको आईपीओ माग भएको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओमा १९ लाख ८५ हजार ६६३ जनाले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ ।
कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आवेदन दिएकामा १ लाख ४७ हजार ६०० जनाले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् । १८ लाख ३८ हजारको भने हात रित्तो हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।