

नेप्से परिसूचक २१ अंकले ओरालो लागेको दिन,कारोबार रकम ७ अर्ब छेउछाउ




काठमाडौं । आईतबार सेयर बजारमा लाल रंग देखा पर्यो । मतलब बजार झ्याप्पै घट्न पुग्यो। साताको पहिलो दिन नेप्से परिसूचक २१ दशमलव ६३ अंकले घट्न पुगेको हो ।
यता, २७१४ दशमलव ८५ विन्दुमा पुगेको परिसूचक बिहीबारबो कारोबारभन्दा ० दशमलव ७९ प्रतिशतले कम हो । सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०७ कम्पनीको सेयर मूल्य घटेको छ बेलामा ३१ कम्पनीको मात्रै सेयर मूल्य बढेको देखिन्छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको परिसूचमा देख्न सकिन्छ ।
साथै, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ११ अंकले घटेर ४५४ दशमलव ९१ विन्दुमा पुगेको बेलामा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको सेयर मूल्य मात्रै बढेको हो।
त्यसरी नै परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको हो भने बिहीबारको ८ अर्ब २३ करोड भन्दा माथिको कारोबार भएको बजारमा आज ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१६ कम्पनीका १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको नेप्से परिसूचकमा देख्न सकिन्छ।