

राधा पोखरेल बनिन बीमा प्राधिकरणको संचालक




काठमाडौं । विगत लामो समयदेखि नेपाली पूँजी बजार (शेयर बजार) मा अवद्ध रहेर राम्रो लोकप्रियता कमाउन सफल सेयर बजारकी नेत्री राधा पोखरेल नेपाल बीमा प्राधिकरणको संचालकमा नियुक्त भएकी छिन् । यससँगै बीमा प्राधिकरणले महिला संचालक समेत पाएको हो ।
बीमा ऐनमा नै एक जना महिला हुनुपर्ने व्यवस्था रहि आए पनि यस अघि पूर्ण ऐन फुल फ्लेजमा कार्यन्वयनमा नआएको भन्दै बीमा प्राधिकरणले कतिपय नियुक्तीहरुमा अलमलकै अवस्थामा रहेको स्वीकागर्दै आएको थियो । ठिक यही समयमा बीमा ऐन २०७९ लाई आधार मान्दै सरकारले पोखरेललाई बीमा प्राधिकरणको संचालकमा नियुक्ती दिएको अवस्था छ ।