

हिमालयन एभरेष्टको लाभांश सेयरधनीको खातामा




काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले फागुन २७ गतेको साधारणसभाबाट पारित गरेको लाभांश सेयरधनीको खातामा पठाउन सुरु गरेको छ । कम्पनीले चुक्ता पुँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन शुरू गरेको हो ।
नेप्सेमा फागुन १३ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् । साथै सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई यथाशीघ्र गर्न पनि कम्पनीले आग्रह गरेको छ । साथै डिम्याट खातामा बैंक खाता अद्यावधिक नभएको खण्डमा अद्यावधिक गर्न समेत सेयरधनीलाई आग्रह गरेको छ ।