
राष्ट्रिय बाणिज्य बैंकले सवारी खरिदलाई ७.७७ प्रतिशत स्थिर ब्याजमा ऋण प्रदान गर्ने



काठमाडौ । सरकारी स्वात्विमा रहेको राष्ट्रिय बाणिज्य बैंकले गाडी किने ग्राहकहरुलाई ऋण दिने भएको छ। बैंकको सो योजना ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ मार्फत संचालित छ ।
बैंकका अनुसार सो योजना भदौ १ गतेबाट लागु हुनेछ । त्यस्तै, आगामी कार्तिक अन्तिमसम्म ऋण लिन सकिने भएको इच्छुक ग्राहकहरुलाई सम्पर्क गर्न पनि बैंकले अनुरोध गरेको छ । अब कुनै पनि ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्ने र ७.७७ प्रतिशत स्थिर ब्याज सात वर्षे अवधिसम्मका लागि लिन सकिने बैंकले जानकारी दिएको छ ।

