

सानिमा जिआईसीले चैत २१ मा वार्षिक साधारणसभा गर्ने




काठमाडौं । मर्जपछि अर्गानिक ग्रोथ गर्दै आएको सानिमा जिआईसी इन्स्योरेन्सले आउने चैत २१ गते वार्षिक साधारण सभा डाँकेको छ । कम्पनीको ७ औं सभा बिहीबारका दिन हुने भन्दै कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिले निर्णय गरेको हो।
यता, सोही सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर तथा ०.३९४७ प्रतिशत नगद लाभांश कर सहित वितरणको प्रस्ताव पारित गर्नेछ भने २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने जनाइएको छ।
साथै, सभामा गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको बेलामा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सकिने कम्पनीले जनाएको हो।