

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड हुँदै




काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले फागनु ११ गतदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओ आज बाँडफाँड गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता माग गर्दै आवेदन दिएका छन् । जसमध्येबाट भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १७ लाख १७ हजार जनाको हात रित्तो हुनेछ ।