

१३ अंकले घट्यो सेयर बजार




काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घट्न पुगेको छ । हिजो दिन २ प्रतिशतभन्दा बढीले बढेको बजार आज १३ दशमलव ६२ अंकले घटेर बन्द हुन पुगेको हो ।
यता, सोमबार कारोबार बन्द हुँदा नेप्से परिसूचक २८७६ दशमलव ६६ विन्दुमा पुगेको बेलामा कारोबार खुल्ने बित्तिकै उच्च अंकले बढेको बजार अन्तिममा आएर घटेर बन्द अवस्था छ। सोमबारको कारोबार समयमा परिसूचक २९२९ विन्दुसम्म पुगेको थियो ।
सोमबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य भने घटेको छ भने ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७१ अंकले घटेर ४८० दशमलव ५९ विन्दुमा पुगेको बेलामा १३ उपसूचकमध्ये ५ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ भने ८ वटाको घटेको हो।
साथै, परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आइतबार १४ अर्ब २५ करोड माथिको कारोबार भएको बजारमा आज १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ।
त्यसरी नै सेयर बजारमा ३०० कम्पनीका ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १ लाख ३९ हजार ५५५ पटक खरिद बिक्री हुँदा उक्त कारोबार भएको छ भने जम्मा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अर्को एक कम्पनीमा नकारात्मक सर्किट लाग्न पुगेको हो ।