

प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि




काठमाडौं । आज आईतबार । साताको पहिलो दिन । साताको सेयर कारोबार हुने पनि पहिलो दिन नेप्सेको प्रि-ओपन सेसनमा परिसूचकले राम्रो संकेत देखाएको छ । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव ०८ अंकले बढेर २८२९ दशमलव १२ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३२ अंकले बढेर ४७३ दशमलव १४ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने २४ कम्पनीको घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
साथै, आजको प्रि ओपन सेसनमा ८५ कम्पनीका १ लाख ३० हजार ८०० कित्ता सेयर २४२ पटक खरिद बिक्री हुँदा ९ करोड ५४ लाख ४८ हजार २१ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।