
नबिल बैंकले ब्याजदरमा कायम गर्यो स्थिरता



काठमाडौं । नबिल बैंक लिमिटेडले आगामी भदौ महिनाका लागि ब्याजदरमा स्थिरता कायम गरेको छ। बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत, रेमिटेन्सतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरिएको अवस्था छ। साउनका लागि पनि बैंकले यही ब्याजदर कायम राखेको थियो ।
यता साधारण बचत खातामा पनि बैंकले ब्याजदर स्थिर राखेको छ भने साधारण बचत खातामा बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र रेमिटेन्स बचत खातामा ६ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनमा पनि बैंकले यही ब्याजदर ता्ेकिएको थियो भने यस बैंकको आधारदर ७.६३ प्रतिशत र स्प्रेडदर ३.९९ प्रतिशत रहेको छ।

