

कोशी प्रदेशबाट बीमा दर्पणलाई शुभकामना,कार्यालय प्रमुख पोखरेलले भने : ग्रामिण तहलाई नबिर्सनु




काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश शाखाका (इन्चार्ज) कार्यालय प्रमुख बिनोद पोखरेलले बीमा दर्पण डटकमलाई शुभकामना दिएका छन् । हाल प्रदेश नम्बर एकका मातहतमा रहेका १४ वटै जिल्लामा बीमाको बजारलाई व्यवस्थित बनाउँने जिम्मेवारी सम्हाली रहेका पोखरेलले शुभकामना दिएका हुन् ।
कोशी प्रदेशबाट इन्चार्ज पोखरेलले बीमा दर्पण डटकमसँग भने,‘ग्रामिण तहमा बीमाको महत्वप्रति बुझाई र बीमा प्रतिको विश्वास कम रहेको पाइन्छ । अब बीमाको महत्व बुझाउन र यसप्रतिको विश्वास कायम गर्ने किसिमको समाचार, लेखहरु यहाँहरुले सम्प्रेषण गर्न सक्नु हुनेछ । त्यस्तो गरेमा न्यून आय भएका नागरिकहरुमा समेत बीमाको पहुँच अभिवृद्धि हुन्छ भन्ने मलाई लागेको छ ।’
उनले मुख्य रुपमा बीमा साक्षरता कम रहेको र त्यसलाई अभिवृद्धि गर्न जरुरी देखिएको बताए । पोखरेलले सत्य, तथ्य रुपमा समाचार सम्प्रेषण गरी कतै पनि (बायस्ड) एक पक्षिय नभई स्वतन्त्र रुपमा लेखहरु प्रकाशन गरेमा आम सर्व–साधारणमा बीमा प्रति रहेको अविश्वास विश्वासमा परिणत हुँदै जाने बताए ।
त्यस्तै, पोखरेलले थपे,‘बीमा नचाहिने भन्ने छैन । तर, नेपालमा चाही नेपाली बीमा कम्पनीहरु प्रति केही विश्वास गुमेको अवस्था पनि छ । एक किसिमको बीमित, नागरिकहरुमा बीमा साक्षरताकै कमीले यस्तो भएको हो भन्ने हामीले बुझेका पनि छौं । मुख्य रुपमा त्यस्ता कुराहरु चिर्न आवश्यक छ । हुन त बीमा चाहिन्छ भनेर सबैलाई महशुस छ तैपनि केही अविश्वास कायमै छ । त्यो ग्यापलाई हटाउने गरी काम गर्यो भने बीमा क्षेत्रले देशको भविष्य उज्वल बनाउन ठूलो मद्धत गर्नेछ ।’
उनले अन्तिममा भने,‘यहाँको नयाँ आउँदै गरेको बीमा दर्पण डटकम भन्ने अनलाइन पत्रिकाले बीमा र नागरिकमा भएको ग्यापलाई (फूलफील) पूर्णता दिन सकोस्, बीमा प्रति विश्वासको बढाउन सकोस् । हाल बीमा आवश्यक हुँदा हुँदै यसको पहुँचबाट टाढा हुनु भएका वर्गहरुमा समेत विश्वास कायम गर्न मद्धत गरोस् भन्ने शुभकामना दिन चाहान्छु ।’