

एनएलजी इन्स्योरेन्सले बढायो नाफा




काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले नाफा बढाउन सफल भएको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा सो नाफा देखिएको हो ।
समिक्षा अवधिमा कम्पनीले २५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भनेगत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.७७ प्रतिशतले आकाशिएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो।
साथै सोही अवधिमा कम्पनीले ७५ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ सो रकम गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १.८८ प्रतिशतले बढि हो । यता कम्म्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६.१३ प्रतिशतले बढेर २२ करोड ४४ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा देखिन्छ।
एक अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो कम्पनीमा रिटेन्ड अर्निङमा १२ करोड ७८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर १६ रुपैयाँ ४६ पैसा पुगेको छभने सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ३८ पैसा रहेको प्रकाशित तथ्यांकमा देखिन्छ।