

लघु बीमाको आईपीओमा लोभलाग्दो आकर्षण : नेपाल माइक्रोमा १ अर्ब २५ करोड रुपैयाँको आवेदन




काठमाडौं । पछिल्लो समय आईपीओमा आकर्षण बढ्दो क्रममा देखिन्छ । लामो समयसम्म नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहीन हुँदा दर्जनौ कम्पनीहरुको आईपिओ प्रकियामै रोक्का भएको अवस्था थियो । अहिले बीमा क्षेत्रमा नयाँ कम्पनीका रुपमा उदायका लघु बीमा कम्पनीहरुमा समेत सर्वसाधारणको रोजाई बढेकै देखिन्छ ।। हाल आईपिओ जारी गरि रहेको नेपाल माइक्रो इन्स्योरेन्समा पनि १ अर्ब रुपैयाँ भन्दा धेरै रकमका लागि आवेदन परेको जनाइएको हो ।
कम्पनीले फागुन ११ गते, हिजोदेखि सर्वसाधारणका लागि आइपीओ जारी गरि रहेको छ। लघु बीमा कम्पनीहरुको तुलनामा समेत रहक सूचकमा अब्बल रहेको नेपाल माइक्रोमा आज साँझसम्म नौ लाख ६५ हजार २२१ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरीङले जनाएको छ ।
कम्पनीका अनुसार १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरेर जारी गरिने जनाइएको हो।