

हिमालयन रि इन्स्योरेन्स ९७ प्रतिशतले नाफा बढाउन सफल




काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार नाफा बढेको छ।
सो अवधिमा कम्पनीले एक अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७.६४ प्रतिशतले बढेको कम्पनीको तथ्यांकमा देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अबधिमा कम्पनिको बीमाशुल्क ८२.७५ प्रतिशत बढेको छ भने कुल आम्दानी ६७।०९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४७.१९ प्रतिशत र कुल खर्च ५५.१२ प्रतिशत बढेको छ।
१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा एक अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित रहेको देखिन्छ।
कम्पनीको प्रती सेयर आम्दानी ३ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ३४ पैसा पुगेको छभने असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको वित्तीय विवरणमा देखिन्छ।