
५ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । त्यसरी बढेसँगै सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँ पुगेको हो ।
हिजो सुन तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ भने तोलामा १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा १ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।

