

लघु बीमक क्रेस्ट माइक्रो लाइफको आईपिओ फागुन २२ बाट आउने




काठमाडौं । लघु जीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने पक्का भएको छ। यता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका यस अघि निष्काशन गरेको आईपीओ बाँडफाँड पश्चात सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने बताएको हो।
उक्त कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ । अन्य लघु बीमक सरह क्रेष्ट माइक्रो लाइफले पनि सोही चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने तयारी गरेको थियो । उक्त सेयरमा १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली लक्षित गरी निष्काशन तथा बाँडफाँड सम्पन्न भइसकेको छ । हाल लघु बीमकहरुको आईपिओमा समेत राम्रो आकर्षण देखिएको यसका सरोकारवाला कम्पनीहरुले बताउँदै आएका छन् ।