इन्फिनिटी लघुवित्तले ब्रिकीमा राख्यो ४८ हजार कित्ता शेयर,इच्छुक जो कोहीले किन्न सक्ने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरको बिक्री खुलाएको छ । सो कम्पनीले संस्थापक शेयरधनीको नामको ४८ हजार कित्ता शेयर बिक्रीका लागि राखेको हो ।
यो भन्दा अघि कम्पनीले सेही शेयर संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको थियो भने ३५ दिनसम्म पनि संस्थापक शेयरधनीबाट खरीद आवेदन परेन । शेयर नबिकेका कारण संस्थापक र सर्वसाधारण दुबैले खरीद गर्न पाउने गरी फेरी बिक्रीमा राखिएको हो ।
आगामी १५ दिनभित्र बर्दाघाट सुस्ता पूर्व नवलपरासी गैंडाकोट–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन दिने नागरिकले सो शेयर किन्न सक्ने कम्पनीले जानकारी दिएको छ ।