
एमाले नेता योगेश भट्टराईद्धारा अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई स्वास्थ्य लाभको कामना



काठमाडौं । शनिबार दिउँसो एउटा अचम्मको घट्नाले एकाएक बजार ततायो । त्यस्तो घट्ना पोखराको एक कार्यक्रमको उद्घाटन गर्न पुगेका अर्थ मन्त्री विष्णु प्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्यकै हो । कार्यक्रम स्थलमै नपत्याउँदो पाराले बेलुनमा आगगाली हुँदा दुवै जनालाई बर्न अस्पतालसम्म पुर्याउँनु पर्यो ।
साथै, सिम्रीक एयरको माध्यमबाट किर्तिपूरको बर्न अस्पताल ल्याइएपछि अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई साहानुभूती दिनेहरुको संख्या एकपछि अर्को गर्दै बढ्ने क्रममा रहेको देखिन्छ । सुरुवाती चरणमा सामान्य घाइते जस्तो बुझिए पनि आगलागीको चोट सहितका तस्बिर प्रकाशन भएसँगै चिन्ता र चासो व्यक्त गर्नेहरु ह्वात्तै बढ्न पुगेका हुन् ।
ठिक यही बेलामा एमाले नेता योगेश भट्टराईले समेत केही समय अघि आफ्नो फेसबुकमा स्ट्याटस राख्दै स्वास्थ्य लाभको कामना गरेका हुन् ।
यस्तो छ नेता भट्टराईको कामना
पोखरा भ्रमण वर्ष (२०२५) को कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनपुग्नु भएका माननीय उप-प्रधानमन्त्री तथा अर्थमन्त्री, नेकपा एमाले का उपाध्यक्ष कमरेड बिष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख कमरेड धनराज आचार्य कार्यक्रम उद्धाटनका क्रममा बेलून बिस्फोटनमा परी घाइते हुनु भएको छ । उहांहरू दुबैको अहिले काठमाडौं, कीर्तिपुर स्थित बर्न हस्पिटलको सघन कक्षामा उपचार भइरहेको छ । आज साँझ वहाँहरूलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेको छु ।


