
बढ्यो पेट्रोलको मूल्य



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ। पेट्रोलको मूल्य बढेको बेलामा डिजेल तथा मट्टीतेलको मूल्य भने घटेको हो।आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टीतेलको मूल्य ४ रुपैयाँ घटेको अवस्था छ।
इन्डियन आयल कर्पोरेशनको नयाँ खरिद मूल्य अनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
उक्त नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुनेछ भने नयाँ मूल्यअनुसार अब काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १५६ रुपैयाँ प्रतिलिटर पर्नेछ।


