
कफी नै काफी : सलिन मतान्छे,प्रशिक्षक



काठमाडौं । जीवनमा मानिसका सौख र रहरहरुलाई लामबद्ध बनाएर राख्न मिल्ने भए सायद त्यसको लहरो निकै लामो हुथ्यो होला । नागबेली जसरी सरक्क घुम्ने मानिसहरुको मनदेखि एकैतर्फ केन्द्रित हुनेसम्म व्यक्तीका सपना र चाहानाहरु हुने गरेको पाइन्छ ।
आज हामीले एकजना यस्ता यूवाको बारेमा चर्चा गर्न जाँदैछौ जस्ले आफू त कफी पिउन सौखिन रहेको बताएकै छन् उनले अन्य धेरै जनालाई समेत राम्रो कफी बनाउँन सक्ने सिप सिकाएका छन् । उनले आफ्नो सौख र रहरलाई पछ्याउँदै निकै खुशी समेत आर्जन गरेका छन् ।
त्यस्ता व्यक्ती हुन् प्रशिक्षक सलिन मतान्छे । केही दिन अघि सम्पन्न क्यान इन्फोटेकको एक छेउमा स्टल समेत रहेको उनले बताएका छन् । मतान्छेले बताए अनुसार उनले कफी बनाउँन चाहनेहरुका लागि एक दिनको पनि कोर्ष प्रदान हुने र जसलाई कफि पिउन मन छ उनीहरुकै लागि त्यस्तो कोर्स उपयुक्त हुनेमा जोड दिएका हुन् ।
यस्तो छ उनले दिएको प्रतिक्रीया
कफिमा नै काम गर्नेहरुका लागि भने १२ दिनको पनि छ । फरक फरक कोर्ष छ । एक दिनको सिक्दा एक पटक मात्रै बनाउने काम हुन्छ भने २५ दिन सिक्दा एउटै कुरा पटक पटक बनाउन पाइन्छ । यसले गर्दा स्वादमा पनि निखारता आउँछ ।
त्यसमा के गर्दा राम्रो हुन्छ भन्ने कुरा पनि सिक्न पाइन्छ । हाम्रो भनेको विदेशमा जान पनि पाउने भए भने स्वदेशमा नै पनि काम गर्न सकिने भयो । विदेश नै पठाउने भन्ने होइन । नेपालमा पनि सानो कफि सप सञ्चालन गर्नका लागि पनि यो तालिम निकै उपयुक्त हुन्छ । हाम्रो लोकेशन त्रिपुरेश्वरमा हो । कौशला तालिम घर हो । यो एएचए बाट सर्टिफाइ कम्पनी हो । यो अमेरिकन हस्पीटालिटी एकेडेमि सटिफाइ कम्पनी हो । यो हामीले दशैँ भन्दा पछि मात्रै सञ्चालनमा आएको हो ।
सबै प्रक्रिया पुरा गरेर बनायो भने मिठो हुने हो । आफैले बनाउँदा सबै कुरा मिलाए बनाउने भएकाले पनि मिठो नै राम्रो हुन्छ । आफूलाई आवश्यक पर्ने स्वादमा बनाउन सकिने भयो । यो कुरा सबैलाई सिकाउने पनि गरेको छु ।
हसिँला अनुहारका उनले कफी बनाउँन जस्ले सिके पनि त्यसले जान्ने व्यक्तीलाई नै लाभ पुर्याउने बताएका छन् । एकदिनमा सिक्दा र २५ दिनमा सिक्दा पाइने भिन्नताको बारेमा चर्चा गर्दै उनले विदेश जानको लागि, नेपालमै आफ्नो व्यवसाय संचालन गर्नको लागि समेत उपयोगी हुनेमा जोड दिए ।

अरुले बनाएको मन पर्छ कि आफूले ?
उनले कफी कसले बनायो भन्ने कुरा भन्दा पनि यसको प्रक्रिया पुगे नपुगेको कुरा महत्वपूर्ण हुने बताएका छन् । खाने कुरा बनाउँने आफ्नो मात्र नभई अरुको स्वाद समेत विचार गरेर बनाउँनु पर्ने र त्यसले खानेकुरा बनाउँने र खाने बिचको हार्दिकता कायम हुनेमा जोड दिएका छन् ।
लामो समय विदेशीमूमिमा संर्घष गरेर आएका एक नेपाली यूवाको गुरु योजना अनुसार नै यो प्रोजेक्ट अघि बढाइएको र स्वदेशमै केही गर्न चाहनेलाई सकेसम्म सबैले प्रमोट गर्नु पर्छ, खाली बाहिर जानेको लहर बढ्यो भनेर मात्रै पनि त्यसको समाधान हुने उनको आयश रहेको छ । स्वदेशमै केही गर्न पाउँदा आफूलाई निकै हदसम्म खुशी र उत्साह समेत छाउने गरेको उनले खुलाए ।
नेपाली समाजमा एकाबिहानै उठेर चियाको चुस्की लगाउँने चलन छ । चियाको साथ साथै मिठा मिठा र घर भान्सादेखि राजनीतिसम्मका गफगाफमा धेरै जना भुल्ने गरेको हामीले पाउँछौं । ठिक यही समयमा जन जनको ओठ मुखमा कफीको स्वाद समेत झुण्डीएकै छ । त्यस्तै, चिया कफीका पारखीहरुलाई नेपालमै बसेर विदेशी ब्राण्डका स्वादहरु चखाउँन आफूहरु लागेको प्रशिक्षक मतान्छीले बताएका छन् ।
एक त विदेश गएर फर्कीएकाहरुलाई त्यहाँ लागेको बानी भुलाउन होस् वा स्वदेशमै बसेर विदेशी ब्राण्डको मज्जा लिन चाहनेहरुका लागि होस् मेहनती हातले कसैको ओठमा गुलियो र पेटमा तातो छर्ने आफूहरुको उदेश्य रहेको उनले सुनाए ।

