
सुनचाँदीको मूल्य बढ्यो, तालाको कति ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो । आज सुनको मूल्य तोलाको २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १२० रुपैयाँले बढेर तोलाको ३ हजार १९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ७५ रुपैयाँ रहेको थियो ।


