
दुई कम्पनीको सेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा एनआईसी एशिया बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद सेयर र ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजपश्चात एनआईसी एशियाको सेयरमूल्य २५० रुपैयाँ कायम भएको छ भने ग्लोबल आइएमई लघुवित्तको १ हजार ४८ रुपैयाँ ११ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा एनआईसी एशियाको सेयर प्रतिकित्ता ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने ग्लोबल आइएमई लघुवित्तको सेयर प्रतिकित्ता १ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर शुक्रबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।


