
मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बाेनस कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि विनरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ७.२५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


