
सदाचार सम्पर्क व्यक्ति तोक्याे आन्तरिक राजस्व विभागले
काठमाडौं । आन्तरिक राजस्व विभागमा सदाचार सम्पर्क व्यक्ति तोकिएको छ । विभागको बुधवारको निर्णयअनुसार अनुगमन, मूल्यांकन तथा सुशासन शाखाका निर्देशक गणेशप्रसाद नेपाललाई सदाचार सम्पर्क सम्पर्क व्यक्ति तोकिएको हो ।
मन्त्रिपरिषद्ले २०८३ असार १८ गते स्वीकृत गरेको राष्ट्रिय सदाचार नीति, २०८३ मा संघ, प्रदेश र स्थानीय तहका प्रत्येक निकायले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्द्धनका लागि सम्पर्क बिन्दु तथा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था छ ।
सोहीअनुसार विभागले नेपाललाई पाँचवटा मुख्य जिम्मेवारी दिएको छ । जसअनुसार कर्मचारीलाई सत्यनिष्ठा तथा व्यवसायीलाई व्यावसायिक सदाचारका नियमबारे शिक्षा दिने र सदाचार प्रवर्द्धनसम्बन्धी कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।


