
प्रि ओपन सेसनमा करिब साढे ४ अंक घट्यो नेप्से
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७.३८ अंक घटेर २६२१.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.२६ अंक घटेर २६१७.०२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४० अंक घटेको छ।
सोमबार प्रि ओपन सेसनमा ५३ स्टकको १०० पटकको कारोबारमा २८ लाख १८ हजार ८९२ रुपैयाँबराबरको ९ हजार ३७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।


