
२२औँ वार्षिकोत्सवमा शिखर इन्स्योरेन्सद्वारा देशभर रक्तदान
काठमाडौँ । शिखर इन्स्योरेन्सले आफ्नो स्थापनाको २२औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामार्फत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आफ्ना कर्मचारी तथा स्थानीय समुदायको सहभागितामा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।
रक्तदान जीवन बचाउने महत्वपूर्ण कार्य भएकाले यस अभियानले समाजप्रतिको सेवाभाव र मानवीय उत्तरदायित्वलाई थप सुदृढ बनाउने कम्पनीको विश्वास छ। ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै समाज र समुदायको हितमा समेत योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
स्थापनाको २२ वर्ष पूरा गरेको अवसरमा कम्पनीले विश्वास, सेवा र सामाजिक योगदानको यात्रालाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


