
सेयर बजारमा गिरावट, कारोबार ३ अर्बमा सिमित
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको नेप्से परिसूचक आज भने फेरि घटेर कारोबार बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ८९ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.०७ अंकले बढेर ४७७.०१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन नेप्सेमा ४ अर्ब भन्दा पनि कमको कारोबार भएको छ । आज ३५२ कम्पनीका १ करोड ६ लाख २ हजार ४६८ कित्ता सेयर ३९ हजार ९६६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८८ करोड ७५ लख ६३ हजार ४७० रुपैयाँको कारोबार भएको छ ।


